छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ
काठमाडाैं | कात्तिक ५, २०७९
काठमाडौं । छठको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमा आज सरसफाइ गरिएको छ । सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो ।
मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो । करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन् ।
काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठमन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकमा विद्यमान सबै जाति समुदायका फरकफरक संस्कृति तथा पर्वले एकापसमा सद्भाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजकुमार विष्टले विभिन्न समयमा भूवनेश्वरी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । शिक्षिका सुनिता श्रेष्ठले छठलाई दृष्टिगत गर्दै सुरक्षाकर्मीको सहयोगमा गरिएको सफाइको सराहना गर्नुभयो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

